लपु संवाददाता २३ असार ०७६,ललिततपुर । युद्ध भैरव गण महाराजगञ्जले दक्षिण ललितपुरको जंगलमा बन्दुक पड्काएर आफ्ना सैनिकहरुलाई युद्ध तालिम दिने भएको छ । मंगलबारबाट विहीबारसम्म गोदावरी जंगलदेखि कालेश्वर जंगलसम्म सैनिक तालिम हुनेछ । तालिमको क्रममा प्लाष्टिक राउण्ड,डेटुनेटर,डेडकर्डको लाइभ फायर हुनेछ । कोञ्ज्योसोम गाउपालिकाका प्रमुख कार्यकारी अधिकृत रोम बहादुर महतका अनुसार दलचोकी,चौघरे,भारदेउ,लेले,नल्लु,शिखर्पा,मानिखेल, गोदावरीदेखि कालेश्वरको जंगल वरपर…