१६ कात्तिक ०७९, काठमाडौं । नाबालिगलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेको मुद्दा हेर्दाहेर्दैमा राखिएको हो। मंगलबार बयान सकिएसँगै बुधबारदेखि इजलासमा थुनछेक बहस शुरु भएको छ । आज इजलासमा नौ जना वकिलले बहस गरेको अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए। पीडितको पक्षमा…