८ पुस २०८१, सोमबार | Tue Dec 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


पुर्वअर्थमन्त्रीले भने – ललितपुरका सडक अलपत्र


२१ भाद्र २०७६, शनिबार  

0
Shares

राजधानीमा बोल्दै डा. महत ।

२१ भदौं ०७६, काठमाडौं । पुर्थअर्थमन्त्री डाक्टर रामशरण महतले ललितपुरका सडक निर्माण नगरेको भन्दै सरकारको आलोचना गरेका छन् । रिपोर्टस क्लवमा शनिबार आयोजित साक्षात्कारमा बोल्दै महतले सरकारले विकाश निर्माणमा ध्यान दिन नसकेको सन्र्दभमा टिप्पणी गर्ने क्रममा ललितपुरका सडकका विषय उठान गरेका हुन् । डाक्टर महतले सरकार हावादारी प्रचारमा लागेको आरोप लगाउदै भने,‘काठमाडौंबाट धादिङ, नुवाकोट, सिन्धुपाल्चोक जाने सडकहरु अलपत्र अवस्थामा छन् ।’


महतले सरकारले पानीजहाज, रेल ल्याउने लगायतका हावादारी कुरा गरिरहेको छ । कहिले १५ हजार अट्ने सम्मेलन केन्द्र बनाउँछु भन्छ, कहिले के भन्छ ? कहिले प्रधानमन्त्री निवास करोडौं खर्चिएर नयाँ बनाउने कुरा त, कहिले राष्ट्रपति निवासलाई फराकिलो बनाउने कुरा भएका छन् ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै महतले सरकारले उपभोग्य कुरामा बढि खर्च गरेको गुनासो पोखे । सरकारले वास्तविक आवश्यकत्ता के हो भनेर खुट्याउन नसकेको र कार्यक्रमको प्राथमिकीकरण नै गर्न नसकेको उनको आरोप छ ।

प्रकाशित मिति : २१ भाद्र २०७६, शनिबार  १० : २६ बजे