८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


पुल्चोक फुटपाथमा सिमेन्ट प्रयोग गरेर समय फल्चा बन्दै, स्थानीयले गरे विरोध




ललितपुर खबर
३० भदौं ०७८, ललितपुर । ललितपुर पुल्चोक फुटपाथमा प्रचिन सम्पदा निर्माण गर्ने भन्दै निर्माणाधिन समय फल्चामा सिन्मेन्ट प्रयोग गरेर निर्माण भइरहेको छ ।
प्राचिन सम्पदा निर्माण गर्ने भन्दै ललितपुर महानगरपालिकाले केही दिन अघि शिलान्याश गरेको यो फल्चामा आधुनिक सिमेन्ट प्रयोग गरेपछि स्थानीयबासले विरोध गरेका छन् ।


सिमेन्ट, वालुवा प्रयोग गरेर पुरातात्पिक सम्पदा निर्माण गर्न थालिएको भन्दै स्थानीयबासीले समेत विरोध गरेका हुन् ।
उपभोक्ता समितीका अध्यक्ष रोविन महर्जनले भित्र सिमेन्ट प्रयोग गरे पनि बाहिर भने सुर्कि (बज्र) प्रयोग गर्ने बताए । उनका अनुसार भित्र आधुनिक इटा प्रयोग भए पनि बाहिर भने दाची इटा नै प्रयोग गर्ने ललितपुर खबरलाई बताए । उनका अनुसार महानगरपालिकाले सुर्कि र पुरानो ढाचाको ईंटा प्रयोग नै गर्न भनेको छैन ।

सिमेन्ट राखेर बनाइएको जग । तस्विर : ललितपुर खबर

काठमाडौं महनगरपालिकाले रानीपोखरी निर्माणको क्रममा सिमेन्ट र डण्डीको प्रयोग गर्दा लामो समयसम्म विवाद भएको थियो । कमल पोखरीमा समेत सिमेन्ट प्रयोग गर्दा विवाद बल्झेकोे थियो ।
पुरातत्वले ऐतिहासिक पुरातात्विक सम्पदा निर्माण गर्दा सिमेन्ट डण्डीजस्ता आधुनिक सामाग्री प्रयोगमा बन्देज लगाउने गरेको छ ।
सधियारमा रहेको श्री लाली गुराँस सहकारीले मापदण्ड विपरित फल्चा निर्माण गरेको भन्दै विरोध गर्दै आएको छ । सहकारीले सडक विभागको पत्रलगायत विभिन्न निकायले विभिन्न समयमा रोक्न दिएको आदेशलाई टेकेर फल्चा निर्माण गर्न नहुने जिकिर उसको छ । सहकारीले फुटपाथमा निर्माण गरेको विषयलाई समेत उठाएको छ ।

सहकारीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी सडकको ११ मिटरको मापदण्डभित्र फल्चा निर्माण गर्न नहुने बताउछन् । अदालतका अघिल्ला फैसलाहरुमा प्राचिन सम्पदाहरु रहेको अवस्थामा पुर्ननिर्माण गर्न सडक मापदण्ड लागू नहुने फैसला भएको नजिरको आधारमा अहिले त्यो सम्पदा नै रहेको सन्दर्भमा सडक मापदण्ड लागू हुने बताउने गरेका छन् । तर महनगरले भने अदालतको फैसला अनुसार नै निर्माण गरेको बताएको छ ।
महनगरले पुल्चोकजस्तो व्यस्त हुने फुटपाथमा लगभग ३ फुट मात्रै ठाँउ छोडेर यो फल्चा निर्माण भइरहेको छ ।
महानगरको वडा नं. ३ का वडाध्यक्ष श्रीगोपाल महर्जनले सम्पदा निर्माण गर्दा सिमेन्ट प्रयोग हुनु हुने वा नहुने विषयमा महानगरपालिकाका सम्बन्धि निकायले हेर्ने हुदाँ मेयर नै जानकार रहेको बताए । उनले सम्पदा बन्नु हुँदैन भनेर आफूले नभनेको तर कसरी बन्ने बन्ने विषय महानगरपालिकाका सम्बिन्धित निकायले जान्ने बताए ।
फल्चा ३३ लाख १६ हजार लगानीमा उपभोक्ता समिती मार्फत निर्माण भइरहेको छ । यसमा ३ लाख ३१ हजार रुपैयाँ बराबर स्थानीयको जनसहभागितामा निर्माण ह्ुने बताइएको छ । समितीलाई यो फल्चा आँउदो मंसिर ३० गतेभित्र निर्माण सम्पन्न गर्ने कार्यादेश छ । महानगरका सम्बिन्धित अधिकारीहरुसँग यस विषयमा पटक पटक सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  २ : ३३ बजे