९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


गोदावरीको मतगणनामा अव्यवस्थित,पत्रकारलाई दिइदैन सूचना




१ जेठ, चापागाँउ । ललितपुरको बज्रवाराहीस्थित गोदावरी नगरपालिकाको मतगणनास्थल अव्यवस्थित देखिएको छ ।
पत्रकारलाई सूचनाबाट बञ्चित
मतगणनास्थलमा पत्रकारहरुलाई सूचनाबाट बञ्चित गरिएको छ । मतगणना स्थलमा पत्रकारलाई प्रवेश निषेध छ । अन्य ठाँउमा मतगणनाको तस्विर खिच्न फोटोपत्रकारहरुलाई प्रवेश गराइएको भए पनि गोदावरीमा तस्विर खिच्न दिइएको छैन ।
अन्नपूर्ण पोष्टका फोटोपत्रकार अशोक दुलालले दिनभर मतगणना स्थलमा बसे पनि प्रहरीले प्रवेश नदिएको बताए । उनले भने, मतगणनाको तस्विर खिच्न त के भित्र पसेर शान्त ठाँउमा बसेर तस्विर पठाउन पनि पाइएन ।
राजधानी थाहा सञ्चारका पत्रकार नबीन लुइटेल सूचनाका लागि भित्र प्रवेश गरेको भए पनि अनुमती छैन भन्दै अपमानजनक रुपमा बाहिर निकालिएको गुनासो गरे । उनले भने, ‘पत्रकारलाई मतपरिणामबारे जानकारी दिइदैन । मतगणनास्थलबाट कार्यकर्ताले फेसबुकको स्टाटस हेरेर समाचार पुष्टि गर्नु पर्छ । निर्वाचन आयोगले आधिकारिक तथ्याङ्क नै दिदैन ।’
नगरपालिकाले लाखौं खर्च गरेर डिजिटल डिस्प्ले राखेको भए पनि मतगणनाको परिणाम डिस्प्लेबाट देखाएको छैन ।
विग्रेको माइक
गोदावरी नगरपालिकाको वार्दलीमा बेला बेलामा माइक देखाएर फर्कने गरेको निरन्तर देख्न सकिन्छ । माइक फुक्ने र हातले ठोक्दा पनि नबझ्दा लामो समयपछि मत परिणाम सुन्न आन्तुकहरु निराश बन्छन् । नगरपालिकमा विग्रेको माइक ल्याएको भन्दै सर्वसाधारण आक्रोशित बनेका छन्
नगरपालिकाले चार पाँच घण्टामा मतपरिणाम सुनाउने भए पनि आवाज नै सानो भएकाले राम्रो सुनिदैन । टाढा दुरी रहेको सडकमा गाडीको हर्न बजाउने हुनाले मत परिणाम राम्रो नबुझेको आगन्तुकहरुको गुनासो ।
मतगणनाको परिणाम सुनाउदा सबै क्षेत्र र उम्मेदावरहरुको नाम सहिन नभन्दा बुझनै गाह्रो हुने गुनासो सर्वसाधारणको छ ।


मतगणना सुस्त
तुलनात्मक रुपमा गोदावरीमा मतगणना सुस्त छ । निर्वाचन आयोगले शुक्रबार रातीबाट मतगणना गरेको २४ घण्टामा १ नम्बर वडाको नतिजा निकालेको छ ।
मतगणना ढिलो गरेको भन्दै एमालेकी नेतृ अन्नपूर्ण बस्नेतले गुनासो पोखिन् । भनिन्, ‘यो जिम्मेवार निकायको असक्षमता हो । मतगणना छिटो गरेर जनराजनीतिक पार्टीका नेताहरुलाई सहज गराउनु पर्छ ।’
मतगणनाका लागि आयोगले सिमित ठाँउमा सिसिटिभि जडान गरिदिएको कारण धेरै ठाँउमा मत गन्न सक्ने अवस्था नरहेको निर्वाचन अधिकृत रिजालको भनाई छ ।
शनिबार दिनभर २ ठाँउमा मात्रै मत गणना गरेको नगरपालिकाकी निर्वाचन अधिकृत श्रद्वा रिजालले बताइन् । उनले भनिन्, हामीले थप २ ठाँउमा बढाएरसुरु गरेका छौं । अव छिटो हुन्छ ।
ट्राफिक जाम
आगन्तुकहरुलाई व्यवस्थि तगर्न नसक्दा नगरपालिका परिसरको सडक जाम भएको छ ।
मतगणना स्थलबाहिर व्यस्त सडकमा भीड रहेको छ । मतपरिणाम लामो समयसम्म पनि घोषणा नहुँदा भीड निरन्तर बढेको छ भने सवारी आवागमन प्रभावित बनेको छ । नारा लगाउने भीडसँगै सवारीसाधन सडकमा हर्न बजाइरहेको देख्न र सुन्न सकिन्छ ।
ललितपुर गोदामचौरका रमेश विष्टले कार्यालय परिसरमा सर्वसाधारणलाई जान निषेध गरेको भन्दै आक्रोस पोखे । उनले भने, ‘ कार्यालय परिसरमा ठाँउ र सुरक्षाका लाष् िपर्याप्त सुरक्षाकर्मी हुँदा हुँदै हामीलाई भित्र जान दिइएन ।’
नगरपालिकाको ठूलो चौर प्रहरीलाई घेरा लगाएर राखिएको छ । सडकमा जाम छ । भीड छ ।

 

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  २ : १६ बजे