१४ पुस २०८२, सोमबार | Mon Dec 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


त्रिचन्द्र कलेज पुन:निर्माणको माग गर्दै आन्दोलन



३१ जेठ ०७९, काठमाडौं ।  त्रिभुवन चन्द्र बहुमुखी क्याम्पस (त्रिचन्द्र कलेज)को जीर्ण भवनको पुन:निर्माणको माग गर्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन्। कलेजका विद्यार्थीहरुले जीर्ण भवनको पुन:निर्माणको माग गर्दै मंगलबार सडकमै विरोध प्रदर्शन गरेका छन्।

२०७२ सालको भूकम्पले क्षतिग्रस्त भएका समेत क्याम्पसका भौतिक संरचनाको पुन:निर्माण हुन नसक्दा विद्यार्थी जीर्ण कक्षाकोठामा बसेर अध्ययन गर्न बाध्य छन्। कलेजमा अध्ययनरत विद्यार्थीहरुले भवन कतिबेला भत्किन्छ भन्ने डरमा पढ्नुपरेको बताएका छन्।

वर्षाको समयमा भवनका कक्षाकोठामा पानी चुहिने गरेको उनीहरुको भनाइ छ। अध्ययनका लागि क्याम्पस पस्ने विद्यार्थीको संख्या बढीरहे पनि भवन भत्किएर खस्ने हो कि भन्ने डरमा कलेजमा बस्नै डर लाग्न थालेको विद्यार्थीको गुनासो छ। प्रधानमन्त्री शेरबहादुर देउवाले समेत आफूले अध्ययन गरेको कलेजको पुन:निर्माणका लागि कुनै चासो नदिएको विद्यार्थीको गुनासो छ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार  ५ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।