२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


ललितपुरको शंखुमा पिसाप फेर्दा करेन्ट लागेर बस चालकको मृत्यु




२३ पुस ०७८, चापागाँउ । दक्षिण ललितपुरको कोञ्ज्योसोम ३ शंखु छापकमा करेन्ट लागेर बस चालकको मृत्यु भएको छ । प्रहरी कार्यालय गोटीखेलका प्रहरी हलल्दार प्रकाश श्रेष्ठका अनुसार गोटिखेलबाट चापागाँउतर्फ आइरहेको वा.३ ख. ४१०८ नम्बरको बसको टायर पञ्चर भई रोकि राखेको अवस्थामा पिसाप फेर्ने क्रममा करेन्ट लागेर बस चालक कोञ्ज्योसोम दलचोकी बस्ने बर्ष ३५को शम्भु घिमिरेको मृत्यु भएको हो ।
हवल्दार श्रेष्ठका अनुसार करेन्ट लागेर घाइते भएका घिमिरेलाई उपचारका लागि किर्तिपुर अस्पताल पु¥याएपछि उनलाई डाक्टरले मृत घोषणा गरेका थिए ।
विहीबार साँझ ५ बजेर २५ मिनेटको समयमा घिमिरे ढलेपछि उठाउन जाँदा करेन्ट लागेपछि उनलाई सावधानी पुर्वक निकालेर अस्पताल लगिएको थियो ।

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  ८ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।