२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


ललितपुरको बज्रवाराही चौरमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलाडी संघद्वारा पुरस्कार वितरण



 

१७ फागुन ०७८, बज्रवाराही । ललितपुरको बज्रवाराही चौरमा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघद्वारा आयोजित एनएनआइपिए स्पोर्टस अवार्ड २०७७ मा पुरस्कार वितरण गरेको छ ।
एनएनआइपिए स्पोर्टस अवार्ड २०७७ मा २७ खेलका १५ पुरुष र १२ महिला उत्कृष्ट खेलाडी छानिएका हुन् ।
उत्कृष्ट खेलाडीहरुमा आर्चरीकी ज्ञानु अवाले, एथलेटिक्सका किरणसिंह बोगटी, ट्राइथोलनका हिमाल टमाटा, लन टेनिसकी अभिलाषा विष्ट, फुटबलका विराज महर्जन, भलिबलकी अरुणा शाही, भारोत्तोलनकी कमला श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल, बक्सिङकी सुष्मा तामाङ, बास्केटबलकी सदिना श्रेष्ठ, साइक्लिङका राजेश मगर, फेन्सिङकी अनिता कार्की, गल्फका करिष्मा शाह, ह्यान्डबलका विशाल बस्नेत, हक्कीकी अन्जना चन्द, जिम्न्याष्टिकका रोशन बुढाथोकी, करातेका विप्लभ श्रेष्ठ र र्याफटिङ एन्ड क्यानोइङका सुमन तामाङ उत्कृष्ट खेलाडी घोषित भए ।
साथै जुडोकी सुमित्रा राई, स्कीका सफलराम श्रेष्ठ, पौडीका अनुभव सुब्बा, सुटिङका कृष्ण थापा, कबड्डी नागेश्वर थारु, टेबल टेनिसका स्यान्टु श्रेष्ठ, तेक्वान्दोकी पार्वती गुरुङ, उसुकी निमा घर्तीमगर र कुस्तीका सुरेश चुनारा उत्कृष्ट खेलाडी चुनिए । उत्कृष्टले अवार्डसहित जनही १० हजार रुपैयाँ पाएका थिए ।
वेस्ट प्लेयरमा फुटवलमा विराज महर्जन र भलिबलकी अरुणा शाही घोषित भए । उनीहरुले अवार्डका साथमा जनही १ लाख हात पारेका थिए ।
कार्यक्रममा गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले आफ्नो नगरपालिकामा कार्यक्रम आयोजन ागर्न पाउदा गर्वको महसुस गरेको बताएका थिए ।


नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघको अध्यक्षमा दीपक श्रेष्ठले आफू खेलेको हुर्केको ठाँउमा देशकै गौरव गर्न लायक खेल क्षेत्रका हस्तीहरुलाई सम्मान तथा पुरस्को वितरण गर्न पाउदा खुशी लागेको बताए ।


कार्यक्रममा गायिका निशा देशार, स्वरुपराज आचार्यले सुमधुर गीत संगीतले मनो रञ्जन गराएका थिए भने हास्य कलाकार राजाराजेन्द्रले स्ट्याण्डअप कमेडी मार्फत हसाएका थिए । खेलाडीहरुले उत्कृष्ण डेमोस्ट्रेशनमार्फत थप मनोरञ्जन गराएका थिए ।
कार्यक्रममा स्थानीय तथा पाहुनाले चौर भरिएको थियो ।

 

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार  १० : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।