५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


ललितपुरमा वर्षमा ४६ वटा बलात्कारको घटना सार्वजनिक



साँकेतिक तस्विर : इन्टरनेट

१४ पुस ०७९, ललितपुर । ललितपुरका एक वर्षमा ४६ वटा बलात्कारको घटना भएको सार्वजनिक गरिएको छ ।
इन्सेक ललितपुरद्वारा नेपाल मानवअधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सो तथ्याङ्क सार्वजनिक गरिएको छ ।
इन्सेक ललितपुर प्रतिनिधि दीपकप्रसाद घिमिरेले जिल्लामा सन् २०२२ को जनवरीदेखि डिसेम्बरसम्म
४६ बलात्कार, ४ वटा बलात्कार प्रयास, १ वटा मानव बेचबिखन तथा ओसार पसार, १५ बहुबिवाह, १ आत्महत्या दुरुत्साहन, ७ बाल यौन दुरुपयोगका , ९ हत्या, १५ हत्या प्रयासका, १ घरेलु हिंसा मुद्दाका गरी ९९ ओटा घटना समेटिएको तथ्याङ्क प्रस्तुत भएका थिए ।

जिल्ला प्रहरी परिसर जावलाखेलको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा ४ सय ९२ ओटा लैङ्गिक हिंसाका उजुरी परेकोमा ४ सय ९१ ओटामा कानून अनुसार मिलापत्र भएको प्रहरी परिसरले जानकारी दिएको छ ।
नेपाली कांग्रेस ललितपुरका सचिव वशिष्ठ अधिकारीले राजनीतिलाई अपराधिकरण र अपराधलाई राजनीतिकरण हुन नदिएमा देशमा जन अधिकारको रक्षा हुनेमा जोड दिए । उनले समाजलाई सकरात्मक रुपान्तरणका लागि सञ्चार जगतले सकरात्मक सन्देशलाई उच्च प्राथमिकता दिनु पर्ने खाँचो औँल्याउदै पेसा, व्यवसाय, राजनीतिक सिद्धान्तलाई एकातिर राखेर मानवीय मूल्य मान्यतालाई जहिल्यै उच्च सम्मान गर्नुपर्नेमा धारणा राखे ।
नेकपा एमाले जिल्ला कमिटी उपसचिव तारा सञ्जेलले जिल्लामा विभिन्न किसिमका बेथितीहरू बढेकाले यस्ता बेथितीका विषयमा अनुगमन गर्न र राज्यलाई जवाफदेही बनाउन आग्रह गरिन् । प्राय यौनजन्य घटना परिवार र नजिकका व्यक्तिबाट हुने गरेको उल्लेख गर्दै समाजमा घटेका अपराधजन्य घटना प्रहरीको नपुगी समाजमा लेनदेनका माध्यम गरी मिलापत्र हुने बिक्रितीको अन्त्य हुनुपर्ने जोड उनको थियो ।
ललितपुर जिल्ला अदालतका श्रेष्तेदार विष्णुप्रसाद पाण्डेयले इन्सेकको प्रतिवेदन र कार्यप्रति प्रशंसा गर्दै मानव अधिकारको संरक्षण र प्रवद्र्धनका लागि आफुहरू सम्वेदनशील भएको बताए ।

उनले यौनजन्य अपराधका घटनामा कतिपय अवस्थामा सहमतीमा करणी भइ सहमती टुटेपछि जबरजस्ती करणीमा र अनि अदालत नपुग्दै नगदमा परिणत भइ होसटाइल हुने गरेको बताए । श्रेष्तेदार पाण्डेयले अपराधमा संलग्नलाई कारागारमा राख्नुमात्र समाधान नभएकोले अपराध न्यूनिकरणका लागि सामाजिक सचेतनाको खाँचो औँलयाए ।

ललितपुर बार एशोसिएशनका अध्यक्ष अर्जुन महर्जनले पछिल्लो समयमा बलात्कारका मुद्दाहरू बढेको बताउदै जनचेतनाको कमी भएका कारणले मुद्दाहरू बढेको बताएका थिए ।
जिल्ला सहन्यायाधीवक्ता गोविन्द आचार्यले ललितपुरमा बालिका बलात्कृत भएका घटनाले चिन्तित बनाएको उल्लेख गर्दै अपराध बढ्नुमा कानुनी शिक्षाको अभाव रहेको धारणा राखे । उनले कुनै पनि घटनाको अनुसन्धान प्रहरीले गर्ने र सरकारी वकिलको कार्यालयले सहजीकरण गरी अदालतमा पेस गर्ने जानकारी दिए ।
उनले पछिल्लो समय नक्कली पीडित बनेर उजुरी दिइ व्यक्तिको चरित्रमाथि प्रश्न चिन्ह खडा गर्ने काम बढेका लागि कानुनी पक्ष र व्यक्तिगत स्वतन्त्रता बारे सचेतना जगाउनु पर्ने खाँचो औँल्याएका थिए ।
उनले सरकारी वकिलको कार्यालयले हेला साक्षि कार्यक्रमबाट पीडित र आरोपित पक्षका साक्षिलाई बोलाएर बयान र प्रमाणका आधार केलाई निश्पक्ष न्यायका लागि भूमिका निभाउदै आएको स्मरण गर्दै अदालतको पैmसला समेत दुवै पक्षलाई जानकारी दिने गरको बताए ।
जिल्ला प्रहरी परिसर जाउलाखेलका इन्सपेक्टर दिपकप्रसाद रिजालले किशोरकिशोरीमा सामाजिक सञ्जालको गलत प्रयोगका कारण ललितपुरमा अपराधका घटना बढिरहेको बताए ।उनले ललितपुरका किशोरकिशोरी इन्टरनेटको पहुँचका कारण बलात्कार, यौन दुव्र्यवहार, हिंसा तथा हत्या लगायतका अपराधका घटनामा मुछिएका भनाइ राखेका थिए । उनले भने, ‘हामीले मानव अधिकार रक्षाका लागि महिला,बालबालिका तथा ज्येष्ठ नागरिक, जातीय छुवाछुतका सवालका कानूनी पक्षलाई व्यवहारिकबनाउन उच्च प्राथमिकता दिने गरेका छाँै ।’
महासंघका सचिव नन्दा ताम्राकारले समाजमा बढिरहेका अपराधका कारण सिर्जना भएको मानसिक स्वास्थ्यका समस्यामा सम्बन्धित निकायले कहिल्यै सम्बोधन नगरेको गुनासो गरिन् । उनले स्वास्थ्य क्षेत्र र शिक्षा क्षेत्रमा सेवाको भावना भन्दा पनि व्यापारिकरणको भएको बताउदै मानिसको जीवनसँग जोडिएको विषयमा यस्तो हुनु दुखद् भएको बताइन् ।

नेप्mस्कुन फिल्ड कार्यालय ललितपुरका प्रमुख दिने गौतमले सहकारीका नाममा खराब काम गर्नेले नागरिकको पैसा फिर्ता नदिएका कारण राम्रो काम गर्ने सहकारीलाई बचत फिर्ताको दबाब बढेका उदाहरण प्रस्तुत गर्दै सहकारी भित्र देखिएका बिक्रिति न्यूनिकरणका लागि समाजमा वित्तीय साक्षरता हुनु पर्ने खाँचो औँल्याए ।
ज्येष्ठ नागरिक समाजका बाबुराजा महर्जनले ज्येष्ठ नागरिक ज्ञानका खानी अनि हाम्रो बुद्धिको स्रोत हुन भन्ने भावना घरघरमा गुञ्जायमान हुन आवश्यक भएको उल्लेख गर्दै ज्येष्ठ नागरिकको जीवन सहज, सुरक्षित, सम्मानित र सुनिश्तिच बनाउनु प्रत्येक व्यक्तिको दायित्व भएको बताए ।
छोरीका लागि छोरी नै अभियानका अध्यक्ष बसुदा पाण्डेले महिला हिंसाका घटना न्यूनिकरणका लागि सहकार्यका लागि आग्रह गरिन् ।
अधिकारकर्मी कल्पना नेपालीले गरिबी र सचेतना अभाबमा जातीय तथा लैङ्गिक हिंसाका उजुरी घरभित्र दबिएकोले सामाजिक सचेतनाका लागि ध्यानाकर्षण गरिन् ।

प्रकाशित मिति : १४ पुस २०७९, बिहिबार  ७ : २६ बजे