ललितपुर १७ ललितपुर । ललितपुरको जावलाखेलको पाटीमा एक बृद्ध मृत फेला परेका छन् । प्रहरीका अनुसार ललितपुर महानगरपालिका ४ जावलाखेलस्थित पाटीमा काठमाडौं साँखु घर भएका ५५ वर्षीय कृष्ण तामाङ मंगलबार मृत अवस्थामा फेला परेका हुन् । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।