ललितखबर ६ पुस । दक्षिण ललितपुरको महाँकाल गाँउपालिकाको प्रज्ञा प्रतिष्ठानमा पालिका अध्यक्ष गणेश केसीले आफ्नी छोरीसहित ६ जनालाई प्राज्ञसभा सदस्य मनोनयन गरेका छन् । अध्यक्ष केसीले छोरी सुजाता केसीसहित प्रतिमा तामाङ,टंक लामा,सचितानन्द घिमिरे,उद्धवप्रसाद पराजुली,रत्नप्रसाद घिमिरेलाई मनोनयन गरेका हुन् । सुजाता केसी गायिका हुन् । पालिकाको भाषा संस्कृती कला र साहित्यको विकासमा योगदान दिने व्यक्तिहरुलाई प्राज्ञसभा…